कक्षा १२ को ग्रेडवृद्धि परिक्षा आज देखी सञ्चालन

बैतडी –राष्ट्रिय परिक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परिक्षा आज देखी सञ्चालन गरेको छ ।

कार्यालयले गत बैसाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन गरेको परिक्षा मा नन ग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परिक्षा भदौँ   २८/२९ गते हुने भनिएकोमा जेन -जी प्रदर्शको कारण असोज ७/८गते सरेको हो ।

बैतडी जिल्लामा आजदेखी सञ्चालन भइरहेको परिक्षामा ३ वटा परिक्षा केन्द्र तोकेको छ । विरेन्द्र मा.वि. साहिलेकमा दोगडाकेदार गाउँपालीका , दशरथचन्द नगरपालिका र डिलासैनी गाउँपालीकाका जम्मा २१३ जना परिक्षार्थी रहेका छन् भने कृष्ण मा वि.मा सिगास गाउँपालीका , पुर्चुडी नगरपालिका र पाटन नगरपालिकाका २०४ परिक्षार्थी रहेका छन् र मणीलेक मा.वि.मा पञ्चेश्वर गाउँपालीका, शिवनाथ गाउँपालीका र मेलौली नगरपालिकाका १६१ परिक्षार्थीहरु रहेका शिक्षा विकास तथा समुन्वय ईकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो ।

केन्द्राध्यक्ष सोही विद्यालयका प्रधानाध्यापक रहेका छन् ।

बैतडीको तथ्याकं अनुसार जिल्ला भरको नतिजा अनुसार नन ग्रेड ल्याएका विद्याथीहरु मध्ये ग्रेड वृद्धि दिन पाउने ५ सय ७५ विद्यार्थी रहेको शिक्षा विकास तथा समुन्वय ईकाइ बैतडीका प्रमुख अवस्थीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.