डोटीमा हाइस दुर्घटना हुँदा एक जनाको ज्यान गए संगै १९ जना घाइते

डोटी –डोटीमा हाइस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । अछामबाट धनगढीका लागि छुटेको सु .प. प्र. ०१००१ ख ३९५६ नम्बरको हाइस बिहान भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ गोल्डेनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक नवराज रावलका अनुसार ज्यान गुमाउनेमा अछामको मंगलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियार रहेकी छन् । घाइते हुनेमा केही बालबालिका छन् । घाइते सबैलाई उपचारको लागि अत्तरिया पठाएको प्रहरी निरीक्षक रावलले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!