जेनजी आन्दोलनमा भएको शङ्कास्पद गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने ओलीको भनाई

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका बेला शङ्कास्पद गतिविधि भएको भन्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभएको छ ।

आज काठमाण्डौमा सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले आन्दोलनका क्रममा बानेश्वरमा प्रदर्शनकारीले नभई तिब्बतियन ओरिजिनल ब्लडु (टीओबी) ले ब्यारिकेड तोडेको र भीडलाई उत्तेजित पार्ने काम गरेको दाबी गर्नुभयो ।

विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर जान बाध्य पारिएको भन्दै ओलीले गोली प्रहारको घटना शङ्कास्पद रहेको दाबी दोहोर्‍याउनुभयो ।

लुटपाट र आगजनीका लागि योजना नै बनाएको पाइएको भन्दै उहाँले २३ गतेको गोलीकाण्डको घटनामा छानबिन गर्न आफूले त्यति बेलै मन्त्रिपरिषद्को बैठक डाकेको तर भोलिपल्ट अरू नै दृश्य देखिएको उहाँको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.