देउडा गित “ए रुपा” टिकटकमा भाईरल

बैतडी: अहिले एउटा देउडा गित “ए रुपा” टिकटकमा भाईरल भईरहेको छ। पछिल्लो समयका लोकप्रिय लोक तथा देउडा गायक शेरी औजीको स्वरमा रहेको उक्त गित टिकटकमा निकै भाईरल भईरहेको छ।

करिब दुईहप्ता अगाडी केएफ युटूब च्यानलबाट भिडियोसहित सार्वजनीक गरिएको गित युटूबसगैं टिकटकमा चर्चा बटुलिरहेको छ। बिरलै मात्रमा चर्चा बटुल्ने देउडा गितहरु मध्ये ए रुपा पनि लोकप्रिय सगैं चर्चा बटुलिरहेको छ।

मासुम बिष्टको लय तथा कम्पोजमा तयार भएको गित नन्द स्टुडीयो हल्द्वानी भारत र कुशम रेकर्डिङ स्टुडीयो अत्तरीयामा रेकर्ड गरिएको गायक औजीले बताउनुभयो। गितलाई नन्द किशोर पाण्डेले एरेन्ज गर्नुभएको जनाईएको छ।

गितका प्रस्तुतकर्ता रहेका मासुम बिष्टको निर्देशन रहेको भिडियामा बिष्टसगैं मनिषा बोहराले सुन्दर अभिनय गर्नुभएको छ। डिके रावलले खिचिको भिडियोलाई सतिस सिन्हाले सम्पादन गरेका हुन।

गित तथा भिडियोको बारेमा आवश्यक सल्लाह सुझाव दिन गायक औजीले आग्रह गर्नुभएको छ।

भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुहोस्।

Leave A Reply

Your email address will not be published.