धन्य यो संस्कृती…

धन्य हुन हमरा पुर्खा, धन्य यो संस्कृती ।

यो संस्कृती न जोगाया, बड्डेइ हो बिकृती ।।

आमा बुवा गुरुजन, धर्तीका भगवान ।

ईष्ट मित्र मान्यजनको, गद्यु हो सम्मान ।।

दया माया परोपकार, यिन हमरा धर्म ।

संस्कृतीलाई बचाई राखउ, यई हो ठुलो कर्म ।।

रिती थिती परम्परा, सबैको आधार ।

संस्कृती रे पुर्खाजनको, गरउ जयजय कार ।।

बोली भाषा सुदूरको, यई हमरी शान ।

संस्कृती जोगाउन्या सपको, गरी हाल्या मान ।।

कभै गोरा दुत्या दशै, औंशी रे सँक्रान्ती ।

दानधर्म जपतप गर्‍या, मनमा होली शान्ती ।।

कसि हमरी परम्परा, पुर्खा थ्या विद्वान ।

रितिथिति जोगाई राइथ्यो, थ्या कति महान ।।

राख्दुछ समाली हमले, पुर्खानकी सम्पत्ति ।

निति नियम मासि हाल्या, पड्या हो विपत्ति ।।

रङ्गिला हिमाली वन, मैना मुनाल डाफ्या ।

कम्ती काँछ यो संस्कृती, स्वर्ग सित नाप्या ।।

शिक्षक कृष्ण दत्त भट्ट
केदार शिशु सुधारक मावि अजयमेरु ५ खोली मटेला, डडेल्धुरा
स्थायी ठेगाना : मेलौली नगरपालिका ६ हतरंगा, वैतडी

Leave A Reply

Your email address will not be published.