भगवती आधारभूत विद्यालय पाटन –४ को बार्षिकोत्सव सम्पन्न

बैतडी–बैतडीको पाटन नगरपालिका–४ ढकालीस्थित भगवती आधारभूत विद्यालयको ३२ औं बार्षिकोत्सव आज विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र सिंह बिष्टको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा पूर्व मन्त्री दामोदर भण्डारी प्रमुख अतिथी रहेका थिए। उक्त कार्यक्रममा पाटन नगरपालिका–४ का वडा अध्यक्ष दिपकसिंह बिष्ट, रास्वपाका जिल्ला अध्यक्ष भीम नाथ लगायतको सहभागिता रहेको थियो ।

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक डम्मरसिंह बिष्टले विद्यालयको शैक्षिक, आर्थिक र भौतिक प्रतिवेदन पेश गरेका थिए ।

बार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन भएको समारोहमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.