बैतडीको मेलौलीमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बैतडी: मेलौलीमा आजबाट नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरु भएको छ। मेलौली नगरपालिका–०१ मा रहेको नगर स्टेडीयम बिठ्ठने खेलमैदानमा प्रतियोगिताको सुरु भएको हो।

मेलौली नगर खेलकुद विकास समिति अध्यक्ष शंकर भण्डारीको अध्यक्षता तथा मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको छ। यसैगरी उद्घाटन समारोहमा नगर उपप्रमुख पार्वती बोहरा बिष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्की, वडाअध्यक्षहरु, वडासदस्यहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका कर्मचारी, बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, बिभिन्न सघं सस्थाका प्रमुख एवं प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, बिभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी लगायत स्थानीयहरुको उपस्थिति रहेको कम्प्युटर अपरेटर तथा कार्यक्रम संचालक महेन्द्र सिह नायकले बताउनुभयो।

तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाभरीका १२ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ। गत वर्षसम्म मेलौली भगवती मन्दिरको परिसरमा हुदैं आईरहेको प्रतियोगिता यो वर्षदेखी भने नगर स्टेडीयमा सञ्चालन गरिएको नगर खेलकुद विकास समिति अध्यक्ष भण्डारीको जानकारी दिनुभयो।

प्रतियोगितालाई सभ्य भब्य तवरले सम्पन्न गर्नमा सहयोग गरिदिन मेलौली नगरपालिकाले आग्रह गरेको छ। प्रतियोगिताको अवसरमा नगरपालिकाले तिनदिन पालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा विदा समेत दिएको छ।

गत वर्ष सम्पन्न नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिजेता बिशालपुर माध्यमिक विद्यालय भएको थियो।

Leave A Reply

Your email address will not be published.