देउडा गित “बैतडी उईमाथी गडी” भिडियोसहित सार्वजनीक

बैतडी: देउडा गित “बैतडी उईमाथी गडी” भिडियोसहित सार्वजनीक भएको छ। देउडा गायक शेरी औजी र कमला नेपालीको आवाजमा नयाँ देउडा गित “बैतडी उईमाथी गडी” सार्वजनीक भएको हो।

देउडा सर्जक गोकर्ण दयाल (गौरव)को शब्दमा तयार भएको गित शेरी औजीको अफिसियल युटूब च्यानलबाट  सार्वजनीक गरिएको छ। कुशुम रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको गितलाई कृष्ण बाजुरेलीले एरेन्ज गर्नुभएको सर्जक दयालले बताउनुभयो।

बैतडीको तल्लो स्वराडमा अवस्थित प्रसिद्ध शिवनाथ देवालय लगायतका आसपासमा छायाकंन गरिएको भिडियोमा अनिल नेपाली र जानकी सिनालले सुन्दर अभिनय गर्नुभएको छ। भिडियोको निर्देशन सुरेन्द्र संगमले गर्नुभएको गितका सर्जक दयालले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.