जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीमा नयाँ आयुर्वेद चिकित्सक हाजिर

बैतडी : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली बैतडीमा नयाँ आयुर्वेद चिकित्सक डा. ललित नारायण राम हाजिर भएका छन। बुधबार हाजिर भएसंगै औपचारिक रूपमा सेवा सुरु गरेका जिल्ला अयुर्वेद स्वास्थ्य केन्द्र बैतडीका प्रमुख हिक्मत चन्दले बताउनुभयो।

नयाँ डाक्टरको आगमनसँगै जिल्लावासीले अब आयुर्वेद उपचार सेवा अझ सहज रूपमा प्राप्त गर्ने उनले बताउनुभयो। प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशबाट सिफारिस भएर आएका आयुर्वेद चिकित्सक डा. नारायण रामलाई जिल्ला आयुर्वेद स्वस्थ्य केन्द्र मेलौलीमा स्वागत गरिएको हो।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेदिक औषधि उपचार, पञ्चकर्म, बाथ रोग, ग्यास्ट्रिक, पाइल्स, पिसाब सम्बन्धि समस्या लगायत महिलाहरुमा हुने महिनावारी गडबडी आदि समस्याको आयुर्वेदिक पद्धतिबाट उपचार हुदै आएको छ। यसअघि डा. सृजना भण्डारीले करारमा सेवा दिदै आएकी थिईन। 

Leave A Reply

Your email address will not be published.