चितवन : जनउत्थान सामुदायिक लघुवित्तको अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ। ग्यालेक्सी गार्डेन रिसोर्ट भरतपुर ४ चितवनमा जनउत्थान सामुदायिक लघुवित्त संस्था लिमिटेढको अर्धवार्षिक समिक्षा तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठि सम्पन्न भएको हो।
ईलाका सञ्चालन कार्यालय मंगलपुर अन्तरगतका सातओटा शाखाको अर्धवार्षिक समिक्षा सम्पन्न गरिएको शाखा सञ्चालन अधिकृत महेश भट्टले बताउनुभयो। शक्तिखोर शाखा, कबिलास शाखा, भानु शाखा, बुलिङटार शाखा, मंगलपुर शाखा, ठोरी शाखा र रजहर शाखाको अर्धवार्षिक समिक्षा तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठि सञ्चालन गरिएको भट्टले बताउनुभयो।
गोष्ठिको ईलाका सञ्चालन अधिकृत विशेश्वर शर्मा बरहीले उद्घाटन गर्नुभएको थियो। गोष्ठिमा सातओटै शाखाका अधिकृतहरुको सहभागिता रहेको जनाईएको छ। अर्धवार्षिक समिक्षा तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठिको उदेश्य लक्ष्य प्राप्ती र बजेट कार्यान्जयन रहेको बताईएको छ।
गोष्ठिमा संस्थाको आगामी रणनिति र व्यवसाय विस्तारबारे समेत छलफल गरिएको थियो।