बैतडी– डडेल्धुराको अजयमेरु गाउँपालिकाले टोल–टोलमा गएर नसर्ने रोगहरुको परीक्षण कार्य गरिरहेको छ ।नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान अन्तर्गत गाउँपालिकाले टोल–टोलमै स्वास्थ्यकर्मी खटाएको अजयमेरु गाउँपालिकाका स्वास्थ्य शाखा गणेश पालले बताउनुभयो ।
गाउँपालिका भरीका ६ ओटै वडाका टोलमा सम्बन्धित वडाको स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी खटाइएको पालले बताउनुभयो ।
टोल–टोलमा गएर गाउँपालिकाबासीको स्वास्थ्य परीक्षण भइरहेको पालले बताउनुभयो ।स्वास्थ्यकर्मीहरुले मधुमेह, रक्तचाप, मृगौला सम्बन्धी जाँच र उचाइ अनुसारको तौल परीक्षण गरिरहेका स्वास्थ्य शाखामा कार्यरत नन्दलाल चुनाराले बताउनुभयो । ६ ओटै वडाका टोलमा यो अभियान सञ्चालन भइरहेको छ ।
पछिल्लो समयमा नसर्ने रोगको जोखिम बढ्दै गएकाले नसर्ने रोगबाट बचाउन र रोग लागेकाहरुलाई उपचारको दायरमा ल्याउन अभियान सञ्चालन गरिएको राजुल आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख भुवन पन्तले बताउनुभयो ।