बैतडीमा मतदान सम्पन्न: ४६.७८ प्रतिशत अर्थात् ७३ हजार १४८ मत खस्यो

बैतडीमा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बिहान निर्धारित समयमै सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन भएको थियो।

जिल्लाभर रहेका २१५ वटै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सुचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो। निर्वाचनमा कुल ७३ हजार १४८ मत खसेको छ। जसमा महिला ४० हजार ५७२, पुरुष ३२ हजार ५७५ र १ जना अन्य मतदाता रहेका छन्।

मतदान सम्पन्न भएसँगै सबै मतदान केन्द्रबाट मतपेटिकाहरू कडा सुरक्षा व्यवस्थाका साथ मतगणना स्थलतर्फ ल्याइने तयारी गरिएको जनाईएको छ। भोलि सर्वदलीय बैठक बसेपछि मतगणना कार्य सुरु गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीले बताएको छ।

बैतडीमा भएको निर्वाचनमा ११ जना उम्मेदवार रहेका छन। जिल्लामा कुल १ लाख ५६ हजार ३७२ मतदाता रहेका थिए। जसमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र २ जना अन्य मतदाता रहेका थिए। साथै २ हजार ७० जना अस्थायी मतदाता पनि रहेका थिए।

No description available.

Leave A Reply

Your email address will not be published.