बैतडीमा सर्वदलीय बैठक सुरु भएको छ। निर्वाचन प्रक्रियालाई निष्पक्ष र व्यवस्थित बनाउन राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा बैठक भइरहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।
बैठकमा मतगणना गर्ने प्रक्रिया, सुरक्षा व्यवस्था तथा मतगणनास्थलको व्यवस्थापनबारे छलफल भइरहेको छ। सर्वदलीय बैठक सम्पन्न भएपछि मतगणना सुरु गरिने जनाइएको छ।
निर्वाचन कार्यालयका अनुसार सबै तयारी पूरा भइसकेकाले बैठकपछि तत्काल मतगणना सुरु गरिनेछ। मतगणनाको नतिजा क्रमशः सार्वजनिक गरिने बताइएको छ।