दार्चुलामा भिरबाट लड्दा २७ वर्षीय निर्वाचन प्रहरी प्रकाश धामीको मृत्यु

बैतडी: दार्चुलामा निर्वाचन प्रहरीको जिम्मेवारी सकेर घर फर्किने क्रममा भिरबाट लडेर २७ बर्षीय युवकको मृत्यु भएको छ। बिहीबार निर्वाचन प्रहरीबाट बिदाइ भएर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका २७ बर्षीय प्रकाश धामीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

लेकम गाउँपालिका वडा नम्बर १ मा रहेको अस्थायी प्रहरी पोष्ट वित्थड भरडकोटमा निर्वाचन प्रहरीको विदाइ कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा दानै भीरबाट लडेर गम्भीर घाइते भएका धामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए।

लेकम गाउँपालिका वडा नम्बर २ गराडी घर भएका धामीको कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। भीरबाट लडेर घाइते भएका धामीलाई तत्कालै गोकुलेश्वर अस्पताल पुर्याएको र त्यहाँ उपचार हुन नसकेपछि धनगढी लगिएको थियो।

Leave A Reply

Your email address will not be published.