बैतडी: ‘मेरी धौली’ बोलको गीत सार्वजनिक गरिएको छ। गायक शेरी औजीको स्वरमा सजिएको यो गीत बिनय चन्दको आधिकारिक युट्युब च्यानलबाट भिडियोसहित सार्वजनिक भएको हो।
गीतमा गायक औजीको दमदार स्वर रहेको छ भने लय तथा संगीत बिनय चन्दले तयार पारेका हुन्। गीतको मिक्सिङ तथा मास्टरिङ बिशाल बोहराले गरेका छन्। उक्त गीत अत्तरियास्थित कुशुम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गायक औजीले बताउनुभयो।
गीतको भिडियोमा बिनय चन्द र रेखा चन्दको सुन्दर अभिनय देख्न सकिन्छ। निर्देशक रमेश बिजुली बिसीले निर्देशन गरेको भिडियोमा रमाइला किस्सा तथा टिकटकमा गीत भाइरल भएपछि देखिने विभिन्न घटनाक्रमलाई रोचक ढंगले प्रस्तुत गरिएको छ।
सार्वजनिक भएको छोटो समयमै ‘मेरी धौली’ गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउन थालेको छ। सामाजिक सञ्जालमा चर्चामा रहेको गीत झनै लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।