बैतडी: मेलौली नगरपालिकाले आधारभूत तह (कक्षा ८) को पालिकास्तरीय परीक्षाका लागि विभिन्न विद्यालयमा परीक्षा केन्द्र निर्धारण गर्दै केन्द्राध्यक्षहरू खटाएको छ। परीक्षा यहि चैत्र ५ गतेबाट सुरु हुने जनाइएको छ।
नगरपालिकाले प्रत्येक वडामा पायक पर्ने विद्यालयलाई परीक्षा केन्द्रका रूपमा तोकेको छ। सोहीअनुसार विभिन्न विद्यालयका शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्टले जानकारी दिनुभयो। उहाँले सबै केन्द्राध्यक्षलाई जिम्मेवारी प्रभावकारी रूपमा निभाउन आग्रह पनि गर्नुभएको छ।
तोकिएका केन्द्राध्यक्ष
-
मणिलेक मावि काडाँ — रमा कुमारी जोशी
-
केदारेश्वर मावि दुर्गास्थान — उधक बहादुर चन्द
-
धर्मघर मावि सलेना — गोरख बहादुर चन्द
-
विजयपुर मावि तिताबै — राजसिंह पुजारा
-
शितलपुर मावि — नर बहादुर ऐर
-
विशालपुर मावि विशालपुर — मुकेश राम तिर्वा
-
कमलपुर मावि कोटिगाउँ — रुबी बुढा
-
केदार आवि कुजागाड — गणेश बहादुर चन्द
-
दुर्गा मावि खलिगाड — हरिदत्त भट्ट
केन्द्रमा समावेश विद्यालय
-
शितलपुर मावि (मेलौली–१): शितलपुर मावि, दुर्गा आवि, जनचेतना आवि
-
धर्मघर मावि (मेलौली–२ सलेना): धर्मघर मावि, प्रितिपुर मावि
-
केदारेश्वर मावि (मेलौली–२ दुर्गास्थान): केदारेश्वर मावि, कोटेश्वर आवि
-
केदार आवि (मेलौली–३ कुजागाड): केदार आवि, सुर्दशन मावि, शान्तिप्रकाश आवि
-
विजयपुर मावि (मेलौली–४ तिताबै): विजयपुर मावि
-
दुर्गा मावि (मेलौली–५ खलिगाड): दुर्गा मावि, चन्द्रपुर आवि
-
मणिलेक मावि (मेलौली–७): मणिलेक मावि, जगदम्बा मावि, भरतपुर मावि, शारदा आवि
-
कमलपुर मावि (मेलौली–८ कोटिगाउँ): कमलपुर मावि, गंगेश्वर आवि
-
विशालपुर मावि (मेलौली–९): विशालपुर मावि, शिव आवि
कक्षा ८ को परीक्षा हरेक वर्ष पालिकास्तरीय रूपमा सञ्चालन हुँदै आएको छ। यस वर्ष पनि सहज र व्यवस्थित रूपमा परीक्षा सञ्चालन गर्न वडा न ६ बाहेक प्रत्येक वडामा एक–एक वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

