बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा गत कार्तिक १८ र १९ गते लागेको जात्राका क्रममा चोरी भएका मोबाइलहरू फेला परेका छन्।
चोरी भएका ख्ष्खय र इउउय कम्पनीका मोबाइलहरू हिजो चैत्र ३ गते मेलौली काडाँ बजारस्थित एक मोबाइल ग्यालरीमा लक खोल्न तथा मर्मतका लागि ल्याइएको अवस्थामा फेला परेका हुन्।
उक्त मोबाइलहरू अहिले इलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीमा सुरक्षित राखिएको छ। सम्बन्धित मोबाइल धनीहरूले आफ्नो मोबाइलको आवश्यक प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न इलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीका इन्चार्ज नरेन्द्र बहादुर चन्दले आग्रह गर्नुभएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।