जनउत्थान लघुवित्तद्वारा कबिलासमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैतडी : चितवनको भरतपुर–२९ जुगेडी कबिलासस्थित कबिलास माध्यमिक विद्यालयमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शाखा सञ्चालन कार्यालय कबिलासद्वारा Global Money Week 2026 सप्ताहको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ।

“Smart Money Talks” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरू तथा ईलाका सञ्चालन कार्यालय मङ्गलपुरका इलाका सञ्चालन अधिकृत, मङ्गलपुर र कबिलास शाखा सञ्चालन अधिकृतसहित फिल्ड कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जम्मा ५१ जनाको सक्रिय उपस्थिति रहेको शाखा सञ्चालन अधिकृत ईश्वरी गौतमले जानकारी दिनुभयो।

कार्यक्रममा इलाका सञ्चालन अधिकृत बिशेश्वर शर्मा बरहीको पनि सहभागिता रहेको थियो। सहभागीहरूलाई वित्तीय साक्षरता, बचतको महत्व तथा कर्जा व्यवस्थापन सम्बन्धी जानकारी प्रदान गरिएको जनाईएकाे छ। कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय ज्ञान अभिवृद्धि गर्दै सचेत नागरिक बन्न प्रेरणा दिएको बताईएकाे छ।

Leave A Reply

Your email address will not be published.