इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १९औँ संस्करण आजदेखि शुरु हुँदैछ।
उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र सनराइजर्स हैदराबाद खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेङ्गलुरुमा शुरु हुनेछ । आरसीबी आईपीएल क्रिकेटको साविक विजेता टोली हो।
आईपीएल क्रिकेटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, आरसीबी र पञ्जाब किंग्स रहेका छन्। त्यस्तै समूह ‘बी’ मा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट छन्।
आईपीएलमा सहभागी १० टोलीमध्ये अहिलेसम्म पञ्जाब र दिल्लीमात्र उपाधिविहीन छन्।