बैतडी-बैतडीको शिवनाथ गाउँपालिकामा दुई दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिवनाथ गाउँपालिकाको आयोजना तथा च्यारिटि हेल्थ फाउण्डेसनको प्राविधिक सहयोगमा बैशाख १४ र १५ गते सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ५४ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
साथै ९४ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । शिवनाथ गाउँपालिकाले धनगढी नेत्रालय प्रा.लि. धनगढी, कैलालीसँग सहकार्य गर्दै विगतदेखि लगातार तेस्रो पटक निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो।
गाउँपालिका अध्यक्षको पहलमा सञ्चालन गरिएको यस शिविर मार्फत स्थानीय नागरिकहरूले आफ्नै घरदैलोमा सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकेको बताएका छन ।