बैतडी-बैतडीमा हावाहुरीले एक बिद्यालयको छानो उडाएको छ । जिल्लाको मेलौली नगरपालिका वडा न १ स्थीत सितलपुर माध्यमिक विद्यालयको छानो उडाएको हो ।
सोमबार आज बिहान पानीसँगै आएको हावाहुरीले विधालयमा रहेको दुई कोठे छानो उडाएर ठूलो क्षति पु¥याएको बिद्यालयका शिक्षक नरेश सिंह नेगीले बताए ।
जस्तापाताले छाएको उक्त भवनको छानो उडाएपछि विद्यालय क्षति पुगेको शिक्षक नेगीले बताए । बिद्यालयमा भएको भवनको छानो उडाए पछि व्यवस्थापनका लागि सबैबाट सहयोगको अपिल गरेको नेगीले बताए ।बैतडीका विभिन्न स्थानमा हावाहुरीले क्षति पुर्याएको छ ।