बैतडीको मेलौली नगरपालिका–०३ कुजागाड निवासी गगन चन्द १२ दिनदेखि सम्पर्कविहीन बनेका छन्। उनी घरबाट निस्किएपछि अहिलेसम्म परिवारको सम्पर्कमा आउन नसकेको उनका आफन्तले बताएका छन्।
परिवारका अनुसार चन्द हराएको भोलिपल्ट तिताबै ताल स्थित माइतीघरमा पुगेका थिए। त्यसपछि उनी कहाँ गए भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। परिवार तथा आफन्तले सम्भावित स्थानहरूमा खोजी गरे पनि हालसम्म कुनै सुराक फेला नपरेको जनाएको छ।
गगन चन्दका नाति करण चन्दले हजुरबुबाको अवस्था अज्ञात भएपछि परिवार निकै पीडामा रहेको बताए। “कसैले कतै देख्नुभएको वा कुनै जानकारी पाएमा नजिकको प्रहरी चौकी अथवा ९७४८८८३०२२ र ९७६२०८६१८० नम्बरमा खबर गरिदिनुहोला,” उनले आग्रह गरे।
स्थानीयका अनुसार चन्दका तीन छोरा रहेका छन्। परिवारका सदस्यहरू यतिबेला चिन्ता र पीडामा रहेका छन्। स्थानीयवासीले समेत खोजी कार्यमा सहयोग गरिरहेका छन्। यदि कसैले गगन चन्दलाई देख्नुभएको छ भने तत्काल परिवार वा सुरक्षाकर्मीलाई जानकारी गराइदिन अनुरोध गरिएको छ।