बैतडी-जनचेतना आधारभुत विद्यालय मेलौली –१ गंगापुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा लोकेन्द्र सिंह नेगी चयन हुनुभएको छ ।असार ३ गतेको अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समिति सर्वसम्मत गठन भएको विद्यालयले जनाएको छ।
नवगठित विद्यालय व्यवस्थापन समितिमा भुवन सिंह नेगी,हिरा दयाल,जयन्ती नेगी सदस्य रहेका छन। रुवी नायक शिक्षक प्रतिनिधि तथा विद्यालयका प्रधानाध्यापक विर सिंह नायक सदस्य–सचिव रहनुभएको छ।
भेलामा सहभागी वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीमैत्री वातावरण निर्माण तथा विद्यालय विकासका लागि नवगठित समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।