बैतडीको पञ्चेश्वरमा पुराना अनुहार दोहरिए

मेलौली न्यूज
जेठ ०१ आईतबार,२०७९

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकामा पुराना अनुहार दोहरिएका छन । अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा बीना भट्ट विजयी भएका हुन ।

३७८२ मत ल्याएर अध्यक्षमा चन्दले र ३०६४ मत ल्याएर उपाध्यक्षमा भट्ट विजयी भएका हुन । नेकपा एमालेका निकटतम् प्रतिस्पर्धी नेपाली काग्रेसका रमेशसिंह भण्डारीले २ हजार ४८८ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एकीकृत समाजवादीका राजेन्द्र चन्दले २ हजार ५०० मत ल्याएर पराजित भएका छन।

पञ्चेश्वर गाउपालीकामा ६६९७ मत खसेका थिए ।

Leave A Reply

Your email address will not be published.