३२ बर्ष शिक्षामा जीवन समर्पण गरेका शिक्षक जोशीको सम्मान सहित विदाई

बैतडी-मेलौली नगरपालिका वडा नम्बर-७ काँडामा रहेको मणिलेक माध्यमिक विद्यालय काँडा मेलौलीका शिक्षक धर्मानन्द जोशीको शुक्रबार एक कार्यक्रमका बिच बिदाइ गरिएको छ ।

वि.सं. २०५० असोज १ गते नागार्जुन मा.वि शार्मालीबाट शिक्षण पेशा सुभारम्भ गर्नु भएका शिक्षक जोशीको ३२ बर्षसेवा अवधि पूरा गरि अनिवार्य अवकास, सेवा निवृत भएपछि शुक्रबार विद्यालयको तर्फबाट भव्य समारोहका बिच बिदाइ गरिएको विद्यालयका प्रधानाध्यापक देव दत्त कलौनीले बताउनुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन सिंह भाटको अध्यक्षतामा तथा मेलौली नगरपालिकाका नगर–प्रमुख भीम बहादुर चन्दको प्रमुख आतिथ्यतामा एवम् उप–प्रमुख पार्वती बोहोरा विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

विदाइ कार्यक्रममा विद्यालयको तर्फबाट विदाइ भएर जानू भएका शिक्षक जोशीलाई फुलमाला,खादा, दोसल्ला, ढाकाटोपी,औठी सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । भने शिक्षक जोशीले विद्यालयको अक्षयकोषमा आर्थिक सहयोग समेत गर्नुभएको थियो ।

वि.सं. २०४० मा मणिलेक मावि, मेलौली–७ काँडाबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो। त्यसपछि २०४४ मा पिथौरागढबाट आईएस्सी र २०४६ मा कुमाउँ विश्वविद्यालय, पिथौरागढबाट बीएस्सी अध्ययन पूरा गरेका थिए।
शिक्षण सेवामा उहाँले प्रारम्भिक रूपमा एसएलसी पछि कमलपुर मावि, कोटीगाउँबाट अध्यापन सु? गर्नुभयो। त्यसपछि जगदम्बा मावि, हतरंगा र विजयपुर मावि, तिताबैमा समेत अध्यापन गराएका थिए । साथै, केन्द्रीय पशु अस्पताल काठमाडौंमा तीन वर्ष प्राविधिक सेवामा समेत काम गरेका थिए ।

निरन्तर शिक्षण पेशामा सक्रिय रहनुभएका जोशी २०५१ असोज १२ गतेदेखि २०८३ आषाढ २ गतेसम्म मणिलेक मावि, मेलौली–७ काँडामा निरन्तर कार्यरत रहेका थिए ।

शिक्षक जोशी शिक्षण पेशाका साथै सामाजिक कार्यमा समेत सक्रिय रहेका छन । बिदाइ कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , शिक्षक अभिभावक सङ्घका पदाधिकारी क्याम्पसका निवर्तमान प्रमुख लयायत स्थानीय नागरिकहरु को समेत सहभागीता रहेको थियो ।
‘लामो समय यस विद्यालयमा सेवा गर्ने मौका पाए, कतिलाई पढाउँदा अलि चर्को वोलियो होला कतिलाई कोमल बोलियो होला ।सबै कुरालाई सिकाईको रुपमा लिनुहोला,’ उनले भने, ‘विद्यालयमा कार्यरत शिक्षकलाई समेत आफ्ना नराम्रा कुरा विर्सन आग्रह गुर्छ।’ सुस्त बोल्ने शिक्षक जोशीेले अस्थाई र स्थाई गरी ३२ वर्ष अध्यानपन गराएका थिए।सम्मानित भएर  भावुक बनेका जोशीले आफूले कर्तव्य मात्र पूरा गरेको भन्दै समुदायप्रति आभार व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.