बैतडी–बैतडीको शाहीलेकस्थित वीरेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पार्वती भुल चयन भएकी छन् ।
विद्यालयमा भएको अभिभावकहरुको भेलाले भुलको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरेको हो । उक्त समितिको सदस्यहरुमा नरेशसिंह ठगुन्ना,जनकराज भट्ट र खीमा थापा चयन भएका छन् ।
शिक्षा ऐनमा भएको संशोधन अनुसार विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको बताइएको छ ।