जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

 

बैतडीः जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

शुक्रवार परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले आफ्नो जन्मदिनको अबसरमा विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेकी हुन्।

बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा रहेको श्री कृष्ण माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको उनले बताएकी छन्। समाजसेवी कुन्ती भट्टले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै विद्यालयका साना विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, लगायतका आवश्यक शैक्षिक सामग्री वितरण गरेकी हुन्।

बैतडीकोे मैलौली नगरपालिका वडा नम्बर २ सलेना बस्ने कुन्ती भट्टले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बालबालिकाहरुको पठनपाठनमा केही सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण गरिएको बताएकी छन्। जन्मदिनको अवसरमा विद्यालयमा शैक्षिक सामग्री वितरण गरेकोमा उनलाई विद्यालय परिवारले धन्यवाद ज्ञापन गर्दै यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल बढ्नुका साथै अध्ययनप्रति थप उत्साह जाग्ने विश्वास व्यक्त गरेको छ।

यस्तै जन्मदिनको अवसरमा भट्टले समस्या परेकी दशरथचन्द नगरपालिका–१ झोकालीकी राजमती भुललाई पनि सहयोग गरेकी छन्। राजमतीका श्रीमान नवीन भुलको अल्पायुमै निधन भएपछि उनको परिवार विचल्लीमा परेको नवीनको परिवारका लागि सञ्चालन गरिएको सहयोग अभियान अन्तर्गत भट्टले १ हजार ५५५ रुपैयाँ सहयोग गरेकी हुन।

Leave A Reply

Your email address will not be published.