बैतडी-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीले जिल्ला अस्पताल बैतडीस्थित मिनी ब्लड बैंकमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
रास्वपाको दशरथचन्द नगर समिति तथा वडाका सभापतिहरूले रक्तदान गरेको सुदूरपश्चिम प्रदेश उपसभापति भोजराज जोशी (क्वालिटीले) ले जानकारी दिए। उनले आगामी दिनमा पनि रक्तदान अभियानलाई निरन्तरता दिइने बताए।
रास्वपाका जिल्ला सचिव हरिश जोशीले रक्तदान जीवनदान भएकाले स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्दै यस्ता सामाजिक अभियानलाई निरन्तर सञ्चालन गरिने बताए।