गेटा विश्वविद्यालयका उपकुलपति र रजिस्टारले पदभार ग्रहण गरे

कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रजिष्ट्रार डाक्टर भीम चन्दले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

उपकुलपति जोशी र रजिस्टार चन्दले शुक्रबार पदभार गरेका हुन्। उपकुलपति र रजिस्टारले पदभार ग्रहण गरेसँगै विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा संस्थागत विकासले गति लिने अपेक्षा गरिएको छ।

शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयअन्तर्गतको विश्वविद्यालय सभाको निर्णयअनुसार नियुक्त भएका प्राध्यापक जोशी विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत हुन्। उनले यसअघि विश्वविद्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएण्डएम०, आवश्यक कानुन निर्माण तथा एमविविएससहित चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनको आधार तयार पार्न भूमिका खेलेका थिए।

रजिष्ट्रार नियुक्त चन्द अस्पताल व्यवस्थापनका विज्ञ हुन्। उनले काठमाडौँ मेडिकल कलेज र पिपुल्स डेन्टल कलेजमा लामो समय प्रशासनिक नेतृत्व सम्हालिसकेका छन्।

Leave A Reply

Your email address will not be published.