बैतडी- बैतडीमा एक पुरुष मृत फेला परेका छन । जिल्लाको पाटन नगरपालिका–४ तोलीस्थित सडक छेउको नालीमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन ।
बुधबार पाटन नगरपालिका–४ खोल्सी निवासी ३६ वर्षीय गणेश लुहार सोही स्थानको नालीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।