आज तीन वटा प्रदेशको पहाडी क्षेत्रका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ-आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक रदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि एक रदुई ठाउँमा ठूलो ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै भोलि देशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका एकरदुई ठाउँमा भोलि रातिको समयमा अति ठूलो वर्षाको अनुमान छ। भोलि कर्णाली प्रदेशका पहाडी भू–भागका एकरदुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ ।

महाशाखाका अनुसार भोलिसम्म केही ठाउँमा मात्रै ठूलो वर्षाको सम्भावना रहे पनि धेरैजसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना भने कम छ । बिस्तारै ठूलो पानी पर्ने क्रम पनि घट्दै गएको छ ।

Leave A Reply

Your email address will not be published.