बैतडी -बैतडीको पञ्चेश्वर गाउँपालिका–१ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीको श्रावण महिनाको स्वास्थ्य व्यवस्थापन समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।
बैठकमा कर्मचारी माग, स्वास्थ्य संस्थाको व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको स्वास्थ्य चौकी प्रमुख सुरेश सार्कीले जानकारी दिए ।
बैठकका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मी अहेब अनिता सारु र अनमी सरस्वती भण्डारीलाई सम्मान गरिएको छ। स्वास्थ्य संस्थाको हकहित र सेवा प्रवाहमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको हो।
बैठकमा वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष, दिवान सार्की स्वास्थ्य शाखा प्रमुख राम सागर शाह र स्वास्थ्य शाखाकी सिअनमी लक्ष्मी भट्ट लगायतको उपस्थिति रहेको थियो।
बैठकमा स्वास्थ्य संस्थाको हित र सेवा प्रवाहका लागि सबै कर्मचारीलाई थप सक्रिय भएर काम गर्न आग्रह गरिएको स्वास्थ्य चौकी प्रमुख सार्कीले बताए ।