कैलाली – सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन भएको छ ।नेकपा संसदीय दलका नेता खगराज भट्टले प्रदेशको मुख्यमन्त्रीका रूपमा पदभार सम्हालेसँगै शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीको शपथ गराएका हुन् । एमालेको समर्थनमा भट्ट मुख्यमन्त्री नियुक्त भएका थिए ।
नयाँ सरकारमा एमालेबाट चार जना मन्त्री सहभागी भएका छन् । सन्तोषकुमारी थापा शर्मा सामाजिक विकासमन्त्री, चक्र मल्ल आर्थिक मामिलामन्त्री, दमन भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा जानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्री बनेका छन् ।
मुख्यमन्त्री भट्टसँगै एमालेका मन्त्रीहरूले पनि शपथ लिएका हुन् । नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भने अझै टुंगो लागिसकेको छैन् ।