बैतडी-सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्परालाई समेटिएको नयाँ देउडा गीत ‘भगालिङ्ग’ सार्वजनिक भएको छ।बैतडीको शिवनाथ गाउँपालिका-५ मा जन्मिएका गायक हिरा चन्दले गौरा पर्वमा खेलिने तथा गाइने देउडा गीतका रूपमा ‘भगांलिगं’ बजारमा ल्याएका हुन्।
सुदूरपश्चिमको मौलिक पहिचानसँग जोडिएको देउडा गीत यहाँको कला र सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा हो। विशेषगरी गौरा पर्वका अवसरमा देउडा खेल्ने र गाउने परम्परा सुदूरपश्चिममा लामो समयदेखि चलिआएको छ। यही मौलिक परम्परा र स्थानीय जनजीवनको भावनालाई समेट्दै ‘भगांलिगं’ तयार गरिएको गायक चन्दले बताए।
गीतमा हिरा चन्द र कल्पना दुवाडीको स्वर रहेको छ भने गीतका शब्द तथा संगीत हिरा चन्दले नै तयार गरेका हुन्। नारायण दंगालले संगीत संयोजन, गोपाल दयालले रेकर्डिङ तथा कमल थापाले मिक्सिङ र मास्टरिङ गरेका छन्। गीतको रेकर्डिङ म्युजिक प्लस ‘ःँ’ स्टुडियोमा गरिएको हो।
‘भगांलिगं’को भिडियोमा पनि सुदूरपश्चिमको मौलिक परिवेश र सांस्कृतिक पक्षलाई प्राथमिकता दिइएको छ। भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने छायांकन डेनिस खनालले गरेका हुन्। मेकअप रोजिना श्रेष्ठले गरेकी छन्।
भिडियोको सम्पादन तथा कलर रोजान धितालले गरेका छन्।भिडियोको वर्कस्टेसनमा धिताल फिल्म्सको सहकार्य रहेको छ भने पोस्ट–प्रोडक्सनको काम मिलन फिल्म्स प्रोडक्सन्सले गरेको छ।
गायक चन्दका अनुसार ‘भगांलिगं’मार्फत सुदूरपश्चिमको मौलिक देउडा भाका, भाषा, संस्कृति र स्थानीय जनजीवनलाई नयाँ पुस्तामाझ पुर्याउने प्रयास गरिएको छ। विशेषगरी गौरा पर्वका बेला देउडा खेल्ने सांस्कृतिक परम्परासँग जोडिएको गीत भएकाले यसले सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।
चन्दले आफ्नो जन्मभूमि बैतडी सहित समग्र सुदूरपश्चिमको मौलिक कला र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा गीत–संगीत मार्फत योगदान पुर्याउने उद्देश्यले गीत सार्वजनिक गरेको बताए।
सुदूरपश्चिममा गौरा पर्वका अवसरमा महिला तथा पुरुषहरू सामूहिक रूपमा देउडा खेल्दै गीत गाउने परम्परा रहेको छ। सोही सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले तयार गरिएको ‘भगांलिगं’ देउडा तथा गौरा पर्वप्रेमी दर्शक–श्रोतामाझ सार्वजनिक गरिएको हो।
गित सुन्न यहाँ CLICK गर्नुहोस्