बैतडी-बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।डिलाशैनी गाउँपालिका–४ नुवाकोट, तडीबटाकी ३० वर्षीया भागरथी सार्कीको शुक्रबार भीरबाट लडेर मृत्यु भएको वडाध्यक्ष हरिदत्त पन्तले जानकारी दिए ।
घर नजिकैको वीरापौड भीरमा घाँस काट्न गएकी सार्कीको लडेर घटनास्थलमै मृत्यु भएको पन्तले बताए । उनका अनुसार सार्की करिब ३०० मिटर तल खसेकी थिइन् ।
मृतक सार्कीका दुई छोरा छन् । उनको अकालमै मृत्यु भएपछि तडीबटा गाउँ शोकमा डुबेको छ ।