शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको मन्त्री पोखरेलद्वारा अनुगमन

कैलाली-शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको आज अनुगमन गर्नुभएको छ।

धनगढीमा आयोजित शिक्षा संवाद कार्यक्रममा सहभागी हुन आउनुभएका मन्त्री पोखरेलले विश्वविद्यालयअन्तर्गत निर्माणाधीन अस्पताल, एकेडेमिक भवनलगायत विभिन्न संरचनाको स्थलगत अनुगमन गर्नुभएको हो।

अनुगमनका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्ने तयारी भइरहेको बताउनुभयो। विश्वविद्यालय सञ्चालनका लागि भइरहेका प्रयास तथा सहयोगका लागि सम्बन्धित सबै पक्षलाई उहाँले धन्यवाद दिनुभयो।

विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन तथा अन्य आवश्यक तयारीका विषयमा सरकारले प्राथमिकताका साथ काम गरिरहेको मन्त्री पोखरेलले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.