शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानको अध्यक्षमा जोशी

बैतडी-शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानको अध्यक्षमा दुर्गादत्त जोशी चयन भएका छन् ।प्रतिष्ठानको आइतबार सम्पन्न ३२औँ वार्षिक साधारणसभाले जोशीको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

समितिको उपाध्यक्षमा मानबहादुर भाट, सचिवमा विष्ना चन्द, सहसचिवमा कैलाश महर र कोषाध्यक्षमा जयदेव जोशी चयन भएका छन् ।

यस्तै सदस्यमा अञ्जु चन्द, नन्दा भट्ट, गणेशबहादुर चन्द, रोशन भट्ट, हरिराम टमाटा, घनश्याम लेखक, रामसिंह रावल र चन्द्रसिंह थापा चयन भएका छन् । नरेन्द्रबहादुर चन्द र हरिश रावललाई सदस्यमा मनोनित गरिएको अध्यक्ष जोशीले बताए ।

शहीद दशरथ चन्दका विषयमा खोज, अनुसन्धान तथा अध्ययन गर्ने उद्देश्यले २०५१ सालमा प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानको अगुवाइमा शहीद चन्दको जन्मघरलाई संग्रहालयका रूपमा विकास गरिएको सचिव विष्ना चन्दले बताइन् ।

आगामी दिनमा प्रतिष्ठानमार्फत सामाजिक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने योजना रहेको उनले बताइन् ।

Leave A Reply

Your email address will not be published.