बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि १२ वटा हेलिकप्टर परिचालन

काठमाडौँ-रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले हालसम्म १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ। सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ वटा हेलिकप्टर परिचालन गरिएको छ। उद्धार गरिएकाहरूलाई त्रिशूलीस्थित नेपाली सेनाको सैन्य तालिम केन्द्रमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइएको सेनाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.