मेलौली नगरपालिकाले बाढी पीडितका लागि २ लाख रुपैयाँ उपलब्ध गराउने

बैतडी –बैतडीको मेलौली नगरपालिकाले बाढीबाट प्रभावित नागरिकहरुको सहयोगका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत र पुनस्र्थापनाका लागि नगरपालिकाकातर्फबाट २ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गर्ने निर्णय भएको नगर प्रमुख भीमबहादुर चन्दले बताए ।

बिषम परिस्थितिमा विपद्बाट प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट उक्त रकम जमा गर्ने निर्णय भएको नगर प्रमुख चन्दले बताए ।

यसअघि जिल्लाको दशरथचन्द नगरपालिकाले ३ लाख , पाटन नगरपालिकाले २ लाख ५० हजार, शिवनाथ गाउँपालिकाले २ लाख, दोगडाकेदार गाउँपालिकाले २ लाख, पञ्चेश्वर गाउँपालिकाले ३ लाख र सिगास गाउँपालिकाले १ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गर्ने निर्णय गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.