जिल्लास्तरीय अन्तरवडा भलिबल वडाकप :‘खेल भायौ खेल’ गीत सार्वजनिक

बैतडी-बैतडीमा आयोजना हुन लागेको जिल्लास्तरीय अन्तरवडा महिला–पुरुष भलिबल वडाकप लाई लक्षित गर्दै ‘खेल भायौ खेल’ गीत सार्वजनिक गरिएको छ।

लोक देउडा गायक सेरी औजीको स्वर रहेको उक्त गीत बैतडी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भूपेन्द्र चन्दको प्रस्तुतिमा सार्वजनिक गरिएको हो। गीत सेरी औजीको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको छ।

खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक गरिएको गीतमा भलिबल र क्रिकेट खेलप्रतिको उत्साह, खेलाडीको मेहनत तथा खेलकुद क्षेत्रको विकाससँग सम्बन्धित शब्दहरू समेटिएका छन्। गीतले खेलकुदप्रेमी, खेलाडी तथा युवालाई खेल क्षेत्रमा सक्रिय हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

गीतमा बैतडी जिल्लाका धार्मिक स्थल, स्थानीय कला, संस्कृति र मौलिक पहिचानसँग सम्बन्धित विषयवस्तुसमेत समावेश गरिएको गायक सेरी औजीले बताए। खेलकुदसँगै जिल्लाको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई गीतमार्फत उजागर गर्ने प्रयास गरिएको उनले जानकारी दिए।

बैतडीमा आयोजना हुन लागेको जिल्लास्तरीय अन्तरवडा महिला–पुरुष भलिबल वडाकपले स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान गर्दै उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। प्रतियोगिताको तयारी तीव्र पारिएको जिल्ला खेलकुद समितिका अध्यक्ष भूपेन्द्र चन्दले बताए।

प्रतियोगितामा जिल्लाका विभिन्न वडाबाट महिला तथा पुरुष भलिबल टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै वडास्तरमा खेलकुदको विकास, खेलाडीबीच आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावनाको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

खेलकुद प्रतियोगिताका क्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने अध्यक्ष चन्दले बताए। खेलकुदसँगै स्थानीय कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक प्रस्तुतिहरू समावेश गर्न लागिएको उनले जानकारी दिए।

सांस्कृतिक कार्यक्रमले प्रतियोगितालाई थप आकर्षक बनाउनुका साथै स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

खेलकुद र संस्कृतिलाई एकै ठाउँमा जोड्दा प्रतियोगिता केवल खेलमा सीमित नभई जिल्लाको सामाजिक तथा सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने माध्यमसमेत बन्ने अपेक्षा गरिएको छ।

‘खेल भायौ खेल’ गीतमार्फत भलिबल तथा क्रिकेटजस्ता खेलप्रति युवाको आकर्षण बढाउन, खेलाडीको मनोबल उच्च बनाउन र बैतडीको धार्मिक तथा सांस्कृतिक पहिचानलाई व्यापक रूपमा प्रचारप्रसार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जिल्लास्तरीय अन्तरवडा महिला–पुरुष भलिबल वडाकपले स्थानीय खेल प्रतिभाको पहिचान र विकाससँगै बैतडीमा खेलकुद गतिविधि विस्तार गर्न तथा जिल्लालाई खेलकुदको माध्यमबाट चिनाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ।
गीत सुन्नका लागी तलको लिंकमा क्लिन गर्नुहोस

Leave A Reply

Your email address will not be published.