बैतडी -जिल्ला निर्वाचन कार्यालय बैतडीले आगामी निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक विवरण सार्वजनिक गरेको छ । कार्यालयले प्रकाशित गरेको तथ्याङ्क अनुसार जिल्लामा कुल मतदाता संख्या १ लाख ५४ हजार ९४४ पुगेको छ । कार्यालयका सूचना अधिकारी नरेश दयालद्वारा जारी गरिएको विवरणअनुसार २०८३ साल भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकहरूलाई यस सूचीमा समेटिएको छ ।
जिल्लामा कुल १ लाख ५४ हजार ९४४ मतदातामध्ये पुरुषको संख्या ७८ हजार १ सय ८६ रहेको छ भने महिला मतदाताको संख्या ७६ हजार ७ सय ५२ रहेको छ । यसैगरी, अन्य मतदाताको संख्या ३ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर १ मा मत्रै जम्मा ७६ हजार ६४ मतदाता रहेका छन् जसमा ३८ हजार ६ सय ८ पुरुष, ३७ हजार ४ सय ५५ महिला र १ जना अन्य रहेका छन । यसैगरी क्षेत्र नम्बर २ मा जम्मा ७८ हजार ८ सय ८० मतदाता कायम भएका छन् जसमा ३९ हजार ५ सय ८१ पुरुष, ३९ हजार २ सय ९७ महिला र २ जना अन्य रहेका छन ।
बैतडीका १० वटा स्थानीय तहमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २३ हजार २ सय ६३,पुर्चौडी नगरपालिकामा २१ हजार ५ सय ६८,पाटन नगरपालिकामा २० हजार ७ सय ५२ र दोगडाकेदार गाउँपालिकामा १५ हजार १ सय ९० रहेका छन् । यसैगरी मेलौली नगरपालिकामा १४ हजार १०,डिलासैनी गाउँपालिकामा १३ हजार ९ सय २७,सिगास गाउँपालिकामा १२ हजार ८ सय ९०,सुर्नया गाउँपालिकामा ११ हजार ७ सय ६६,पञ्चेश्वर गाउँपालिकामा ११ हजार ३ सय ५७ र सबैभनदा कम शिवनाथ गाउँपालिकामा १० हजार २ सय २१ मतदाता रहेका छन् ।
निर्वाचन आयोगको निर्देशिकाबमोजिम बैतडी जिल्लामा मतदाता नामावली अध्यावधिकको काम सम्पन्न भई अन्तिम तथ्याङ्क सार्वजनिक गरिएको हो ।