कैलालीका प्रहरी प्रमुख नरेन्द्र चन्द उत्कृष्ट घोषित

कैलाली-जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द कात्तिक महिनाको पुलिस अफ द मन्थ घोषित भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले चन्दलाई उत्कृष्ट घोषणा गरेको हो।

एसपी चन्दले योजनाबद्ध रूपमा प्रहरी परिचालन गरी जिल्लाको अपराध अनुसन्धान तथा समग्र शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रदेश प्रहरीले जनाएको छ।

त्यस्तै, सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने, प्रहरी संगठनको गरिमा र प्रतिष्ठा अभिवृद्धि गर्ने कार्यमा समेत उनको योगदान उच्च रहेको प्रदेश प्रहरी कार्यालयले उल्लेख गरेको छ।

चन्दले आगामी दिनमा पनि अपराध अनुसन्धान, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले उनलाई प्रशंसापत्र प्रदान गरेका हुन्।

Leave A Reply

Your email address will not be published.