दुर्गा मावि खलिगाड को ६०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बैतडी-बैतडीको मेलौली नगरपालिका–५ खलिगाड स्थित दुर्गा माध्यमिक विद्यालयको ६०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

विद्यालय शिक्षक–अभिभावक संघका अध्यक्ष उद्धवबहादुर चन्दको अध्यक्षता तथा विद्यालयका पूर्वप्रधानाध्यापक फणिन्द्रदत्त पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालय विद्यालयका प्रधानाध्यापक पदमराज जोशीले आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिक्षक, विद्यार्थी अभिभावक, स्थानीय जनप्रतिनिधी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सर्वाङ्गीण विकास तथा विद्यालयको समग्र उन्नतिका लागि शिक्षक, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

Leave A Reply

Your email address will not be published.