पासोमा फस्यो चितुवा, उद्धारको लागि विज्ञ टोली आउदै

भदौ १, बुधबार २०७९

बैतडी – जिल्लामा बदेलका लागि थापेको पासोमा चितुवा फसेको छ । जिल्लाको दशरथचन्द नगरपालिका ४ बिनासौँमा बदेलका लागि थापेको पासोमा चितुवा फसेको हो ।

मकै जोगाउन बदेलका लासिग थापेको पासोमा चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीम बहादुर कडेँलले जानकारी दिए । चितुवाको उद्धारका लागि बर्दीया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विज्ञ टोली बोलाइएको उनले बताए ।

अहिले प्रहरीले घेरा हाले सुरक्षा दिइरहेको छ । बुधबार बिहान स्थानीयहरुले चितुवा पासोमा फसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उद्धार टोली साँझसम्म आइपुग्ने बताइएको छ। उद्धार टोलीले चितुवालाई बेहोस बनाएर उद्धार गर्ने डिभिजन वन कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.