युक्रेन युद्ध छल्नका लागि हजारौं रुसी नागरिक देश छाड्न आतुर

मेलौली न्यूज
असोज ०७ शुक्रबार,२०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि थप जनशक्ति भर्ति गर्ने घोषणा गरेपछि युद्धमा जाने उमेर समूहका पुरुषहरु देश छाड्नका लागि सीमा क्षेत्रतिर लाइन लागेका छन् ।

जर्जियाको सीमा क्षेत्रमा देश छाड्न चाहनेहरुको लामो लाइन लागेको दावी पश्चिमा मिडियाले गरेका हुन् । पुटिनले केही दिन अघि ३ लाख नयाँ भर्ति गर्ने कार्यक्रम ल्याउनुभएको थियो । हातमा पासपोर्ट बोकेका पुरुषहरुले सरकारले आफूहरुलाई पक्कै पनि युद्धमा धकेल्छ भन्ने लागेर देश छाड्न चाहेको बताएका छन् ।

त्यस्तो लाइन ५ किलोमिटर लामो रहेको दावी गरिएको छ । जर्जिया प्रवेश गर्न रुसी नागरिकहरुलाई भिसाको आवश्यकता नपर्ने भएकाले उनीहरु आफूसँग जे छ त्यही बोकेर सीमानामा पुगेको जनाइएको छ । ट्रकहरुदेखि साना गाडीको समेत लाइन लागेका छन् । फिनल्याण्डको सीमा क्षेत्रमा पनि लामो लाइन रहेको छ।

तर फिनल्याण्ड प्रवेश गर्न भिसा चाहिने भएकाले सजिलो छैन् । त्यस्तै हवाई उडानबाट इस्तानबुल, बेलग्रेड तथा दुबई जान चाहनेहरु पनि उत्तिकै रहेको छ । ती शहरहरुमा जाने हवाई टिकटको भाउ ह्वात्तै बढेको छ । उता, जर्मनीको गृह मन्त्रालयले देश छाडेर आउने रुसी नागरिकहरुलाई स्वागत गरिने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.