रवीन्द्र मिश्रलाई हराउँदै प्रकाशमान सिंह विजयी

मेलौली न्यूज
मंसिर ०६ मंगलबार,२०७९

काठमाण्डौ – काठमाण्डौ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित हुनुभएको छ। सिंहले ७ हजार १४३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गर्नुभएको छ ।

मिश्रकोभन्दा १२५ मत बढी ल्याएर सिंह विजयी हुनुभएको हो । काठमाण्डौ १ बाट प्रतिनिधिसभा सदस्यको लागि ११ जना स्वतन्त्रसहित ३२ जना उम्मेदवार थिए ।

वि। ‍स। २०७४ को प्रतिनिधि सभा चुनावमा पनि रविन्द्र मिश्रको भन्दा ८१९ मत बढी ल्याएर सिंह निर्वाचित हुनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.