मंसिर २४, २०७९
-बंगलादेशविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा कप्तान रोहित शर्मा घाइते भएपछि प्लेयिङ सेटमा स्थान बनाएका ईशान किसनले रेकर्ड कायम गरेका छन् ।
उनले सर्वाधिक छिटो एक दिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गरे ।उनले १२६ बलमा दोहोरो शतक बनाएका हुन् ।समग्रमा उनी २१० रन बनाएर पभेलियन फर्किए ।उनले १३१ बल खेल्दा १० छक्का र २४ चौका प्रहार गरे ।
किशनले बंगलादेशको पिचमा सबैभन्दा ठूलो इनिङ खेलेका छन् ।उनले अष्ट्रेलियाका अलराउन्डर शेन वाटसन ९१८५८० को कीर्तिमानलाई पछाडि पारेका छन् ।
बंगलादेशमा सर्वाधिक रन बनाउनेमा विराट कोहली ९१८३० तेस्रो नम्बरमा छन् ।इशान किशन ५ खेलपछि एकदिवसीय टोलीमा फर्किएका छन् र शतक बनाएका छन् ।
यो उनको पहिलो अन्तर्राष्ट्रिय शतक पनि हो। इशानले ८५ बलमा शतक पूरा गरेका थिए ।इशानले अन्तिम एकदिवसीय खेल २२ अक्टोबर २०२२ मा दक्षिण अफ्रिकाविरुद्ध दिल्लीमा खेलेका थिए।उनी बंगलादेशमा शतक बनाउने पाँचौं भारतीय ओपनर बनेका छन्।
यसअघि सचिन तेन्दुलकर, सौरभ गांगुली, वीरेन्द्र सहवाग र गौतम गम्भीरले यो उपलब्धि हासिल गरिसकेका छन् ।२४ वर्षिय किशनले क्रिस गेलको रेकर्ड तोड्न सफल भए ।२०१४ मा जिम्बाब्बे विरुद्ध गेलले १३८ बलमा दोहोरो शत बनाएका थिए ।सिरिज भने भारतले गुमाइसकेको छ ।
३ म्याचको सिरिजमा भारत लगातार २ खेलमा पराजित भएको थियो । आजको खेलमा भारत विजयी भए क्लिनस्वीप हुनबाट जोगिने छ ।