४४ ‌औं प्रधानमन्त्रीमा नियुक्त दाहालको यस्तो छ राजनीतिक यात्रा

मेलौली न्यूज
पुस १० आईतबार,२०७९

नेपालको ४४ औं प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त हुनुभएको छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

संविधानको धारा ७६ को ९२० अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । हालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्नुएको थियो ।

दाहाल यसअघि २०६५ र २०७३ मा ९र९ महिनाको अवधि प्रधानमन्त्री बन्नु भएको थियो ।

यस्तो छ राजनीतिक यात्रा
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड को जन्म वि। सं। २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं। २ लेवाडेमा भएको हो ।

पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीमा नै लिएको थियो । २०२६ चितवनको नारायणी विद्या मन्दिर मा।वि। शिवनगरबाट एस।एल।सी। उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आई।एस।सी। पूरागरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बि।एस्सी गर्नु भई एम।पी।ए।सम्मको अध्ययन गर्नु भएको थियो ।

कक्षा १० माअध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिनुभएका प्रचण्डको वि।सं। २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । हाल उहाँ आफू पुष्पकमल भन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्नुहुन्छ ।

वि।सं। २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइ सराई गर्नु भएका प्रचण्डको वि।सं। २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो ।

उहाँ नारायणी विद्या मन्दिर मा।वि।शिवनगर–२०२९ साल, डण्डा मा।वि।नवलपरासी र भीमोदय मा।वि।, आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा यु।एस।एड।मा सेवारत रहनु भएको थियो ।

वि।सं। २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता बाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गर्नुभएका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो ।

उहाँ २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँ वि। सं। २०३८ मा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा(सचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

विसं २०४१ मा नेकपा ९मशाल०को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा ९एकताकेन्द्र०को महामन्त्री हुनुभएको थियो । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा ९माओवादी० राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गर्नुभयो । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष हुनुभयो ।

वि।सं। २०५८ माजनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका प्रचण्ड २०६३ सालअसार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक हुनभएको थियो । २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बन्नुभयो ।

२०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभयो । २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित हुनुभयो । साथै उहां उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ ।

अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या ९भाग १, २ र ३०, सांस्कृति, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु ९खण्ड १ र २० तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् ।

उहाँ २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित हुनुभएको थियो । संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं।–५ बाट निर्वाचित हुनु भएको थियो उहाँ ।

त्यस्तै उहाँ २०७४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएर संघीय सांसद हुनुभएको थियो । त्यसैगरी उहाँ २०७९ को निर्वाचनमा गोरखाबाट जितेर संघीय संसद भई प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको हो ।

ईमेजखबर

Leave A Reply

Your email address will not be published.