नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ आज

पुस ११, २०७९

काठमाडौं -नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण शीतलनिवासमा आज अपरान्ह ४ बजेका लागि समय तय भएको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । तेस्रोपटक प्रधानमन्त्री बनेका दाहाललाई राष्ट्रपति भण्डारीले आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । दाहाल यसअघि २०६५ र २०७३ मा ९र९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।

Leave A Reply

Your email address will not be published.