पुस ११, २०७९
धनगढी – नेकपा एमालेको तर्फबाट बैतडीका दामोदर भण्डारी मन्त्री बन्ने भएका छन । बैतडीबाट निर्वाचित एमाले नेता दामोदर भण्डारी संघीय सरकारको मन्त्री हुने पक्का पक्की भएको छ। २०७०,२०७४ र २०७९ मा लगातार जितेका भण्डारी एमाले सुदूरपश्चिम अध्यक्ष पनि हुन् । उनले पाउने मन्त्रालयको टुङ्गो भने लागेको छैन । भण्डारीसँगै प्रदेश १ बाट राजेन्द्र राई, मधेशबाट ज्वालाकुमारी साह पनि मन्त्री बन्दै छन्